फोरजी सिममा परिवर्तन गर्न सेवाग्राहीहरुलाई आग्रह, नेपाल टेलिकमले निकट भविश्यमै थ्रीजी सेवा बन्द गर्ने

काठमाडौं ।

नेपाल टेलिकमले निकट भविश्यमानै थ्रीजी सेवा बन्द गर्ने भएको छ। कम्पनीले आज सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीहरुलाई फोरजी सेवामा अपग्रेड गर्न आग्रह गरेको छ।

नेपाल टेलिकमको सूचनाअनुसार कम्पनीले निकट भविष्यमा ३जी सेवा क्रमशः बन्द गरी ४जी सेवामा रूपान्तरण गर्ने कार्य अघि बढाइरहेको छ।

यस सम्बन्धमा, टूजी/थ्रीजी मात्र सपोर्ट गर्ने पुरानो सिम प्रयोग गरिरहेका ग्राहकहरुलाई सूचना स्वरुप म्यासेज तथा सिष्टमबाट भ्वाइस कल मार्फत जानकारी गराईएको उल्लेख छ।

“तसर्थ, सम्बन्धित ग्राहकहरुले नजिकको नेपाल टेलिकम कार्यालयमा गई आफ्नो पहिचान खुल्ने नागरिकता प्रमाणपत्र/राष्ट्रिय परिचयपत्र (NID) / राहदानी (Passport)/ सवारी चालक अनुमतिपत्र ( Driving Licence) वा अन्य सरकारी प्रमाणपत्र साथमा लिएर नि:शुल्क ४जी सिममा परिवर्तन गर्नुहुन अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ।

साथै, ४जी सपोर्ट गर्ने सिम प्रयोगकर्ताहरुले ४४४# (444#) डायल गरी ४जी/भोल्टे सेवा सक्रिय गर्न सक्ने जानकारी दिएको छ।

यसैगरी एनटी ४जीले सेवाग्राहीलाई फास्ट, स्टेबल र रिलायबल कनेक्सन दिने समेत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *