काठमाडौं, २५ चैत — सरकारले इन्धनको मूल्यवृद्धिलाई आधार मान्दै सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ वा सोभन्दा बढीले थपघट हुँदा भाडा समायोजन गर्ने ‘अटोमेटिक’ प्रणाली अनुसार यो निर्णय लिइएको हो । नयाँ भाडादर आजैका मितिदेखि देशभर लागू भएको छ ।
कति बढ्यो गाडीभाडा ?
विभागले विभिन्न वर्गीकरणका सवारी साधनका लागि फरक-फरक वृद्धिदर तय गरेको छ:
- यात्रुबाहक सवारी साधन: १६.७१ प्रतिशत
- पहाडी रुटका मालबाहक सवारी: २१.६८ प्रतिशत
- तराई रुटका मालबाहक सवारी: १५.७५ प्रतिशत
किन बढ्यो भाडा ?
यातायात व्यवस्था विभागका अनुसार, यसअघि २२ पुस २०८१ मा भाडा समायोजन गरिएको थियो। त्यतिबेला डिजेलको बजार मूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ रहेकोमा अहिले सो मूल्यमा भएको वृद्धिका कारण नयाँ भाडादर निर्धारण गर्नुपरेको विभागले प्रस्ट पारेको छ ।
यस्तो छ भाडा दर














