२०८३ भाद्र २८, आइतवार
18:31
काठमाडौं, नेपाल

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २४ सयभन्दा बढी कारबाहीमा, राज्यकोषमा २० लाख बढी राजस्व

Avatar photo सुदन दुलाल २ महिना अगाडि

काठमाडौं । उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ४३८ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बितेको २४ घण्टामा गरेको विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।

ट्राफिक प्रहरीको कारबाहीबाट सो अवधिमा २० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कारबाहीमा पर्नेहरूको मुख्य कारण र संख्या यस प्रकार छ:

  • मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने: ८५ जना

  • नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने: १३० जना

  • ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने: १२३ जना

  • तीव्र गतिमा सवारी साधन हुइँक्याउने: १६० जना

  • लेन अनुशासन पालना नगर्ने: १२२ जना

  • निषेधित क्षेत्रमा हर्न बजाउने: ८८ जना

  • लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने: ३ जना

  • तोकिएको मापदण्डभन्दा बढी धुवाँ फाल्ने: २७ जना

  • अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने: एक हजार ७०० जना

सडक सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचलाई तीव्रता दिएको छ। नियम उल्लंघन गर्ने चालकहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

(स्रोत: – रासस)

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।