२०८३ भाद्र २८, आइतवार
17:03
काठमाडौं, नेपाल

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भ्वाइस सेवामा अवरोध, प्राविधिक समस्या समाधानको प्रयास जारी

Avatar photo सुदन दुलाल २ महिना अगाडि

काठमाडौं । नेपाल टेलिकमले सिंगापुरस्थित अन्तर्राष्ट्रिय आईपीएलसी (International Private Leased Circuit) सेवा प्रदायकको फाइबर केबलमा आएको प्राविधिक समस्याका कारण अन्तर्राष्ट्रिय भ्वाइस सेवामा अवरोध उत्पन्न भएको जनाएको छ।NT

Nepal Bihani Khabar Advertisement

कम्पनीले आज जारी गरेको सूचनामा उक्त समस्याका कारण अन्तर्राष्ट्रिय भ्वाइस सेवा प्रयोग गर्ने सेवाग्राहीहरूलाई असुविधा पुगेकोप्रति क्षमायाचना गरेको छ।

नेपाल टेलिकमका अनुसार समस्या समाधानका लागि सम्बन्धित अन्तर्राष्ट्रिय सेवा प्रदायकसँग निरन्तर समन्वय भइरहेको छ। अन्तर्राष्ट्रिय सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय प्रक्रिया तीव्र रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ।

सेवा अवरुद्ध भएको समस्याको समाधानका लागि प्राविधिक टोलीहरू आवश्यक मर्मत तथा समन्वय कार्यमा सक्रिय रूपमा खटिएको टेलिकमले जनाएको छ।

कम्पनीले सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति पुनः क्षमा माग्दै सेवा छिट्टै पूर्ण रूपमा सुचारु हुने विश्वास व्यक्त गरेको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।