इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु, ४ जना घाइते

ललितपुर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित एक इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

आइतबार बिहान स्थानीय होसना इँट्टाभट्टामा काम गरिरहेको अवस्थामा अचानक पर्खाल भत्किएर रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्खालले थिचिएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

घटनामा ४ जना घाइते, एकको अवस्था गम्भीर

प्रहरीका अनुसार उक्त घटनामा परी अन्य ४ जना कामदारहरू घाइते भएका छन् । घाइते हुनेहरूमा:

  • जानकी चन्द (२७ वर्ष): रुकुम (अवस्था गम्भीर, थप उपचारका लागि मोडल अस्पताल रिफर)
  • शान्ति कुँवर (२७ वर्ष): सल्यान
  • नन्दकुमारी मगर (४६ वर्ष): रोल्पा
  • सुमा कुमाल (१९ वर्ष): दाङ

प्रहरीद्वारा उद्धार कार्य जारी

घटना लगत्तै प्रहरी वृत्त सातदोबाटोबाट खटिएको विशेष टोलीले घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इँट्टाभट्टामा सुरक्षा मापदण्ड र पर्खालको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *