२०८३ भाद्र २८, आइतवार
17:04
काठमाडौं, नेपाल

एकैदिन तोलामा १२ हजार ५ सयले घट्यो, यस्तो छ कारण

नेपालबिहानी ५ महिना अगाडि

आर्थिक ब्युरो, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आइतबार ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकैदिन सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको हो ।

आजको बजार भाउः

छापावाल सुन: २ लाख ८२ हजार रुपैयाँ (प्रतितोला)

अघिल्लो दिनको मूल्य: २ लाख ९४ हजार ५ सय रुपैयाँ

सुनको मूल्यमा आएको यो गिरावट एक साताकै अवधिमा हेर्ने हो भने निकै उच्च हो । गत आइतबार ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एक साताको अन्तरालमा २७ हजार ४ सय रुपैयाँले घटिसकेको छ । स्मरण रहोस्, गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च बिन्दु ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो ।

चाँदीको मूल्यमा पनि भारी गिरावटः

सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामा ३५५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५४० रुपैयाँमा झरेको छ । एक साताको अवधिमा चाँदी प्रतितोला ७३० रुपैयाँले घटेको महासंघले जनाएको छ ।


किन घटिरहेको छ सुनको मूल्य?

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्व बजारमा तेलको मूल्य वृद्धि र अमेरिकी डलरको बढ्दो मागका कारण सुनको भाउमा प्रभाव परेको हो:

डलरको माग: तेल महँगिँदा विभिन्न मुलुकले डलर जोहो गर्न सुन बिक्री बढाएका छन्, जसले गर्दा सुनको आपूर्ति बढ्न गई मूल्यमा गिरावट आएको हो ।

ब्याजदरको दबाब: विश्वव्यापी रूपमा बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न बैंकहरूले ब्याजदर बढाउने दबाब सिर्जना भएको छ, जसले लगानीकर्ताहरूलाई सुनको सट्टा अन्य क्षेत्रतर्फ आकर्षित गरेको छ ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।