२०८३ भाद्र २८, आइतवार
15:13
काठमाडौं, नेपाल

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा भगबती चौधरी पुनः निर्विरोध चयन

नेपालबिहानी ३ महिना अगाडि

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाबाट भगबती चौधरी पुनः अध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत रहनुभएकी चौधरीलाई पुनः नेतृत्वको जिम्मेवारी दिइएको हो ।

नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले चौधरीलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । सपथ ग्रहणपछि चौधरीले लघुवित्तको मूल मर्म, उद्देश्य र लक्ष्यलाई केन्द्रमा राख्दै संस्थाको गरिमा अभिवृद्धिका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ग्रामीण अर्थतन्त्र सुदृढीकरण, महिला तथा युवा सशक्तिकरण र स्वरोजगार प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय चौधरी सामाजिक तथा वित्तीय अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँले ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत गाउँगाउँमा वातावरण संरक्षण, सरसफाइ तथा सामाजिक चेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै वित्तीय साक्षरताको अभियान समेत चलाउँदै आउनुभएको छ ।

तत्कालीन समयमा सरकारले गैरसरकारी संस्थालाई वित्तीय मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बाटो खुला गरेपछि चौधरीकै पहलमा फरवार्ड माइक्रोफाइनान्स स्थापना भएको थियो ।

हाल फरवार्ड माइक्रोफाइनान्सले देशका ४० जिल्लाका ३८२ स्थानीय तहमा रहेका दुई लाख ८४ हजार ५७ विपन्न परिवारलाई १५९ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।