२०८३ भाद्र २८, आइतवार
14:27
काठमाडौं, नेपाल

उपायको आक्रामक विस्तार : एक वर्षमै कारोबार ५४ प्रतिशत बढ्यो, १,५०० भन्दा बढी रोजगारी सिर्जना

नेपालबिहानी ५ दिन अगाडि

४० बाट ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र विस्तार, दैनिक १५ हजार पार्सल व्यवस्थापन; काभ्रेको साँगामा १ लाख ४० हजार वर्गफुटभन्दा बढी क्षमताको 3PL वेयरहाउस निर्माण हुँदै

काठमाडौं । नेपालको लजिस्टिक्स उद्योग पछिल्ला वर्षमा तीव्र गतिमा विस्तार भइरहेका बेला उपायले एक वर्षमै उल्लेखनीय व्यावसायिक वृद्धि हासिल गरेको जनाएको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कारोबार रकम करिब ५४ प्रतिशतले वृद्धि भएको छ भने कर्मचारी संख्या ३८० बाट बढेर १ हजार ५०० भन्दा बढी पुगेको छ।

ई–कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दो डेलिभरी सेवाको बढ्दो मागसँगै लजिस्टिक्स क्षेत्रमा लगानी र पूर्वाधार विस्तार भइरहेको समयमा उपायले पनि आफ्नो सेवा सञ्जाललाई देशव्यापी रूपमा विस्तार गरेको हो।

कम्पनीका अनुसार पछिल्लो एक वर्षमा शाखा तथा सेवा केन्द्र, वितरण सञ्जाल, दैनिक पार्सल व्यवस्थापन क्षमता, जनशक्ति तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा उल्लेखनीय विस्तार भएको छ।

४० बाट ४०० भन्दा बढी शाखा

सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवामार्फत व्यवसाय, अनलाइन विक्रेता, ई–कमर्स उद्योग तथा उपभोक्तालाई जोड्ने उद्देश्यका साथ सेवा सुरु गरेको जनाएको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षसम्म करिब ४० वटा शाखा तथा सेवा केन्द्र रहेकोमा अहिले देशभर ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा छन्। उपायको सेवा सबै जिल्लासहित ५ हजारभन्दा बढी वितरण स्थलमा पुगेको कम्पनीको दाबी छ।

दैनिक डेलिभरी क्षमतामा पनि उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ। केही वर्षअघि दैनिक करिब १ हजार पार्सल वितरण गर्दै आएको उपायले अहिले औसतमा प्रतिदिन १५ हजार पार्सल व्यवस्थापन गरिरहेको जनाएको छ।

कारोबारमा ५४ प्रतिशत वृद्धि

सेवा तथा सञ्जाल विस्तारसँगै कम्पनीको वित्तीय प्रदर्शनमा समेत सुधार आएको उपायले जनाएको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कारोबार रकममा करिब ५४ प्रतिशत वृद्धि भएको छ।

कम्पनीले यो वृद्धि ढुवानी सेवाको विस्तार, देशव्यापी शाखा सञ्जाल, नयाँ व्यावसायिक ग्राहक, फुलफिलमेन्ट सेवाको विस्तार, बढ्दो ई–कमर्स बजार तथा दैनिक पार्सलको भोल्युम वृद्धिका कारण सम्भव भएको जनाएको छ।

काभ्रेको साँगामा 3PL वेयरहाउस निर्माण

उपाय वेयरहाउसिङले काभ्रेको साँगामा आफ्नै १८ रोपनीभन्दा बढी जग्गामा करिब ४५ हजार वर्गफुट क्षेत्रफलमा अत्याधुनिक 3PL (Third-Party Logistics) वेयरहाउस निर्माणलाई तीव्रता दिएको जनाएको छ।

कम्पनीका अनुसार उक्त वेयरहाउसको कुल भण्डारण क्षमता करिब १ लाख ४० हजार वर्गफुटभन्दा बढी हुनेछ। आयोजना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

वेयरहाउस सञ्चालनमा आएपछि स्टोरेज, इन्भेन्टरी व्यवस्थापन, पिक एन्ड प्याक, फुलफिलमेन्ट तथा देशव्यापी वितरणजस्ता एकीकृत 3PL सेवा एउटै स्थानबाट उपलब्ध गराउने कम्पनीको योजना छ।

यसअघि उपायले काठमाडौंको पेप्सीकोलामा करिब १८ हजार वर्गफुट क्षेत्रफलको 3PL वेयरहाउसबाट सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

कम्पनीले नयाँ पूर्वाधारले बढ्दो व्यावसायिक माग सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ।

‘पूर्वाधार र जनशक्तिमा लगानी दीर्घकालीन रणनीति’

उपायको फुलफिलमेन्ट डिभिजनका प्रेसिडेन्ट संगम पौडेलले कम्पनीले तत्कालीन बजारको मागसँगै भविष्यको लजिस्टिक्स उद्योगलाई ध्यानमा राखेर पूर्वाधारमा लगानी गरिरहेको बताएका छन्।

उनका अनुसार नेपालमा व्यवसाय सञ्चालन गर्ने तरिका तीव्र रूपमा परिवर्तन भइरहेकाले त्यससँगै लजिस्टिक्स सेवा पनि आधुनिक, व्यवस्थित र स्केलेबल हुन आवश्यक छ।

कम्पनीको लक्ष्य पार्सल डेलिभरीमा मात्र सीमित नभई सम्पूर्ण सप्लाई चेनलाई प्रभावकारी बनाउँदै गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको पौडेलले बताएका छन्।

१,५०० भन्दा बढी प्रत्यक्ष रोजगारी

उपायको विस्तारसँगै रोजगारी सिर्जनामा समेत उल्लेखनीय योगदान पुगेको कम्पनीको दाबी छ।

कम्पनीका AVP–Human Resources राजु केसीका अनुसार पछिल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी बढेको छ। हाल कम्पनीमा १ हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत रहेको जनाइएको छ।

प्रत्यक्ष रोजगारीसँगै डेलिभरी पार्टनर, स्थानीय जनशक्ति, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत ५ हजारभन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना भएको कम्पनीको भनाइ छ।

कम्पनीले नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास तथा कर्मचारी कल्याणलाई प्राथमिकतामा राख्दै दक्ष जनशक्ति विकासमा समेत जोड दिएको जनाएको छ।

डिजिटल व्यापारका लागि ‘End-to-End’ लजिस्टिक्स समाधान

हाल उपायले ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, हाइड्रोपावर परियोजना तथा रिटेल ब्रान्डलगायतका व्यवसायलाई End-to-End Logistics Solution उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीका अनुसार Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo, Integrated Cargo Service, Nationwide Distribution Network तथा Enterprise Logistics Solutions जस्ता सेवामार्फत डिजिटल व्यापारलाई थप सहज बनाइएको छ।

एआईसहितको आधुनिक लजिस्टिक्स पूर्वाधारमा लगानी गर्ने योजना

उपायले आगामी वर्षहरूमा देशव्यापी नेटवर्क विस्तारसँगै थप 3PL वेयरहाउस, फुलफिलमेन्ट सेवा तथा AI मा आधारित प्रविधिसहितको आधुनिक लजिस्टिक्स पूर्वाधारमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

फुलफिलमेन्ट डिभिजनका प्रेसिडेन्ट पौडेलका अनुसार कम्पनीको उद्देश्य केवल आफ्नै व्यवसाय विस्तार गर्नु नभई नेपालको समग्र लजिस्टिक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुर्‍याउनु हो।

कर्मचारी संख्या, शाखा विस्तार, कारोबार वृद्धि, दैनिक पार्सल व्यवस्थापन क्षमता र नयाँ 3PL वेयरहाउस निर्माणजस्ता उपलब्धिले पछिल्लो एक वर्षमा उपायले उल्लेखनीय व्यावसायिक विस्तार हासिल गरेको कम्पनीको दाबी छ। नेपालको लजिस्टिक्स बजार विस्तार भइरहेका बेला पूर्वाधार, प्रविधि र जनशक्तिमा गरिएको लगानीले आगामी दिनमा कम्पनीको प्रतिस्पर्धात्मक क्षमता थप बलियो बनाउने अपेक्षा गरिएको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।