२०८३ भाद्र २८, आइतवार
20:34
काठमाडौं, नेपाल

सार्वजनिक यातायातको भाडा वृद्धि: हेर्नुहोस् गन्तव्य अनुसारको नयाँ दररेट

नेपालबिहानी ५ महिना अगाडि

काठमाडौं, २५ चैत — सरकारले इन्धनको मूल्यवृद्धिलाई आधार मान्दै सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ वा सोभन्दा बढीले थपघट हुँदा भाडा समायोजन गर्ने ‘अटोमेटिक’ प्रणाली अनुसार यो निर्णय लिइएको हो । नयाँ भाडादर आजैका मितिदेखि देशभर लागू भएको छ ।


कति बढ्यो गाडीभाडा ?

विभागले विभिन्न वर्गीकरणका सवारी साधनका लागि फरक-फरक वृद्धिदर तय गरेको छ:

  • यात्रुबाहक सवारी साधन: १६.७१ प्रतिशत
  • पहाडी रुटका मालबाहक सवारी: २१.६८ प्रतिशत
  • तराई रुटका मालबाहक सवारी: १५.७५ प्रतिशत

किन बढ्यो भाडा ?

यातायात व्यवस्था विभागका अनुसार, यसअघि २२ पुस २०८१ मा भाडा समायोजन गरिएको थियो। त्यतिबेला डिजेलको बजार मूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ रहेकोमा अहिले सो मूल्यमा भएको वृद्धिका कारण नयाँ भाडादर निर्धारण गर्नुपरेको विभागले प्रस्ट पारेको छ ।

यस्तो छ भाडा दर

Nepal Bihani Khabar Advertisement
💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।