२०८३ भाद्र २८, आइतवार
18:31
काठमाडौं, नेपाल

कप्तान सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमै अलआउट

नेपालबिहानी १३ दिन अगाडि

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमै अलआउट गरेको छ। कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिएपछि बहराइन सानो योगफलमा समेटिएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा समेटिएको हो। बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन, मुहम्मद वासिमले १३ रन तथा अली दाउदले १० रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए। उनले आफ्नो स्पेलमा उत्कृष्ट नियन्त्रण देखाउँदै बहराइनको मध्यक्रम ध्वस्त पारे। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए।

सन्दीपले १४औँ ओभरबाट बलिङ सुरु गरेका थिए। आफ्नो पहिलो बलमै विकेट लिएका उनले सोही ओभरको चौथो बलमा अर्को विकेट हात पारे। त्यसपछि पाँचौँ, सातौँ र आठौँ ओभरमा थप एक–एक विकेट लिएर आफ्नो पाँच विकेट पूरा गरेका हुन्।

अब नेपालले जितका लागि ८८ रनको सामान्य लक्ष्य पछ्याउनेछ। बहराइनविरुद्धको खेल मलेसियाको YSD-UKM Cricket Oval, Bangi मा भइरहेको हो। नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।

नेपालका लागि यो प्रतियोगिताको पहिलो खेल हो। यस संस्करणमा नेपाल समूह ‘ए’ मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबियासँगै रहेको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।