अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्वीपका सैन्य अखडा निशानामा
एजेन्सी । अमेरिकाले इरानमाथि फेरि हवाई हमला गरेको छ। अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य अखडालाई निशाना बनाएर आक्रमण गरेको हो।
नेपाल प्रेसका अनुसार अमेरिकी सेनाले लाराक द्वीपमा रहेका सैन्य संरचनालाई लक्षित गरी हमला गरेको जनाएको छ। उक्त क्षेत्रमा इरानको सैन्य गतिविधि तथा रणनीतिक संरचनाहरू रहेकाले अमेरिकी आक्रमणलाई महत्वपूर्ण मानिएको छ।
अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला भएको पछिल्लो आक्रमणले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको छ। यसअघि पनि दुवै पक्षबीच सैन्य कारबाही र प्रतिकारका घटना हुँदै आएका छन्।
लाराक द्वीप होर्मुज जलडमरूको नजिक रहेको रणनीतिक क्षेत्र भएकाले त्यहाँ हुने कुनै पनि सैन्य गतिविधिले अन्तर्राष्ट्रिय चासो बढाउने गरेको छ। विशेषगरी विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज क्षेत्रसँग जोडिएकाले पछिल्लो घटनाक्रमलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ।
अमेरिकी आक्रमणबाट भएको क्षति तथा मानवीय हताहतीबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ। घटनाबारे थप जानकारी आउने क्रम जारी छ।
स्रोतः नेपाल प्रेस मूल समाचार पढ्नुहोस्









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्