काठमाडौं । नेपालको स्मार्टफोन बजारमा टेक्नोले आफ्नो नयाँ उत्पादन स्पार्क गो ३ (Spark Go 3) सार्वजनिक गरेको छ। दैनिक कामकाजमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी वर्गलाई लक्षित गर्दै कम्पनीले यो ‘टिकाउ र भरपर्दो’ फोन बजारमा ल्याएको हो।
मोबाईल सार्वजनिक कार्यक्रममा टेक्नो मोबाईलका सिइओ अर्जित तालापत्रले नेपाली युवाहरूको गतिशील जीवनशैलीलाई मध्यनजर गर्दै उत्कृष्ट कनेक्टिभिटी र मजबुत बनावटसहितको यो फोन उपलब्ध गराइएको जानकारी दिए। “हाम्रो दर्शनअनुसार यसलाई पहिलो दिनदेखि नै स्थायित्व र आत्मविश्वासका साथ प्रयोग गर्न सकिने गरी ‘अत्ति नै बलियो’ बनाइएको छ,” उनले भने।
के छन् मुख्य विशेषताहरू?
मजबुत बनावट: यो फोनमा IP64 रेटिङ रहेको छ, जसले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ। साथै, यसमा ‘ड्रप-रेडी’ टिकाउ डिजाइन छ, जसले गर्दा विद्यालय, कार्यस्थल वा व्यस्त सडकमा प्रयोग गर्दा टुट्ने वा फुट्ने डर कम हुन्छ।
प्रिमियम डिस्प्ले: उत्कृष्ट भिजुअल अनुभवका लागि यसमा १२० हर्ज (120Hz) को सुपर स्मुथ डिस्प्ले राखिएको छ। यसले स्क्रोलिङ र टच रेस्पोन्सलाई निकै छरितो बनाउँछ।
स्मार्ट कनेक्टिभिटी: नेटवर्क कमजोर भएको स्थानमा पनि कुराकानी सहज बनाउन यसमा ‘नो नेटवर्क कम्युनिकेशन २.०’ र ‘टेक्नो एआई भ्वाइस असिस्टेन्ट’ जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्।
उपलब्धता र मूल्य
टेक्नो स्पार्क गो ३ नेपालभरका प्रमुख रिटेल स्टोरहरूमा मार्च १३ देखि बिक्रीका लागि उपलब्ध भइसकेको छ। यो फोन गाढा खरानी, गाढा कालो, आकाशी निलो र बैजनी गरी चार आकर्षक रङमा उपलब्ध छ।
| भेरियन्ट | मूल्य (नेपाली रुपैयाँ) |
| ४ जीबी + ६४ जीबी | रु. १५,९९९ |
| ४ जीबी + १२८ जीबी | रु. १६,९९९ |
