२०८३ भाद्र २८, आइतवार
14:27
काठमाडौं, नेपाल

सत्य रुपा वंशावली समाजद्वारा बाढी पीडितलाई सहयोग

Avatar photo शरण हुमागाईं ९ दिन अगाडि

भक्तपुर/ गत भदौ १० गते नेपाल–तिब्बत सिमानाको लाङटाङ लिरुङबाट भोटेकोशीमा हिमपहिरो खसी रसुवा नुवाकोट धादिङ‌ लगायतका जिल्लाहरूमा जनधनको क्षति पुगेपछि नारायण गिरी सत्य रुपा वंशावली समाजले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गरेको छ । सरकारले सहयोगको आव्हान गरेपछी उक्त बंशावली समाजले उक्त राहत सहयोग उपलव्ध गराएको हो । चौंरीदेउराली गाउँपालिका वडा नं. ६ काभ्रेमा मुख्य कार्यालय रहि राधेराधे भक्तपुरमा शाखा सञ्चालनमा रहेको उक्त समाजले देशमा आइपर्ने विभिन्न विपत्ति र अन्य सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आइ रहेको छ । विपत्तिहरूमा मानवीय सेवा गर्नु हामी सबैको कर्तव्य भएकोले प्रधानमन्त्री दैविक प्रकोप राहत कोष हिमालयन बैंकमा रहेको खाता नं १२००५६३१२१००३९ गठ्ठाघर शाखामा रु १,०१,०००/–(एक लाख एक हजार) रुपैया जम्मा गरिएको समितिका सचिब हरिराम गिरीले नेपाल बिहानी खबरलाई जानकारी दिनुभयो । बि.स. २०७६ सालमा स्थापना भएको यो समाजमा ध्रुवराज गिरीको अध्यक्षतासहित ११ जनाको कार्यसमिती रहेको छ ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।