२०८३ भाद्र २८, आइतवार
15:13
काठमाडौं, नेपाल

Motorola Edge 70 Fusion नेपाली बजारमा सार्वजनिक, मूल्य ६९ हजार ९९९ रुपैयाँ

नेपालबिहानी ५ दिन अगाडि

काठमाडौं । मोटोरोला Edge 70 Fusion नेपाली बजारमा सार्वजनिक भएको छ। मोटोरोला र चौधरी ग्रुपको सहकार्यमा ललितपुरको लबिम मलस्थित QFX Cinemas मा आयोजित विशेष कार्यक्रमबीच नयाँ स्मार्टफोन सार्वजनिक गरिएको हो।

स्मार्टफोनको सार्वजनिक मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’का कलाकार तथा निर्माण टिमसहित अभिनेत्री प्रियंका कार्कीको समेत उपस्थिति रहेको थियो।

मोटोरोला र चौधरी ग्रुपले ‘मास्टर्नी’सँगको सहकार्यमा स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए। प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो।

७,०००mAh ब्याट्री र १४४Hz डिस्प्ले

Nepal Bihani Khabar Advertisement

मोटोरोला Edge 70 Fusion मा ५० मेगापिक्सेल Sony LYT 710 क्यामेरा उपलब्ध रहेको कम्पनीले जनाएको छ। स्मार्टफोनमा कम्पनीको moto ai प्रविधिसहित ७,०००mAh ब्याट्री६८W TurboPower™ चार्जिङ सुविधा दिइएको छ।

त्यस्तै, फोनमा १४४Hz रिफ्रेस रेटसहितको १.५K क्वाड-कर्भ्ड डिस्प्ले रहेको छ। डिस्प्लेले अधिकतम ५,२०० निट्ससम्मको ब्राइटनेस दिने कम्पनीको दाबी छ।

स्मार्टफोनमा प्रिमियम फेब्रिक फिनिस प्रयोग गरिएको छ भने Pantone™ द्वारा छनोट गरिएका विभिन्न आकर्षक रङ विकल्पमा उपलब्ध हुने जनाइएको छ।

६९ हजार ९९९ रुपैयाँ सुरुआती मूल्य

मोटोरोला Edge 70 Fusion २९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुने र यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मोटोरोला स्मार्टफोन नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत बिक्री हुँदै आएको छ। बिक्रीसँगै ग्राहकलाई व्यापक वितरण तथा सेवा केन्द्रको सुविधा उपलब्ध गराउने कम्पनीको भनाइ छ।

६९ हजार ९९९ रुपैयाँको मूल्यमा ७,०००mAh ब्याट्री, १४४Hz क्वाड-कर्भ्ड डिस्प्ले, ५०MP Sony LYT 710 क्यामेरा र ६८W फास्ट चार्जिङजस्ता फिचर उपलब्ध गराइएकाले Edge 70 Fusion नेपाली बजारमा आफ्नो मूल्य वर्गका प्रतिस्पर्धी स्मार्टफोनसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

प्रविधि र मनोरञ्जनको संयोजन

मोटोरोला र चौधरी ग्रुपले ‘मास्टर्नी’सँगको सहकार्यमा आयोजना गरेको सार्वजनिक कार्यक्रमले स्मार्टफोन लन्चलाई चलचित्र तथा मनोरञ्जनसँग जोडेको थियो। कम्पनीले यस्तो सहकार्यले नेपालमा स्मार्टफोन सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक अनुभव प्रदान गरेको जनाएको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।