२०८३ भाद्र २८, आइतवार
18:31
काठमाडौं, नेपाल

जिब्रो छेड्ने संस्कृति जोगाउन सुजनलाई २ लाख प्रोत्साहन, मन्त्री श्रेष्ठद्वारा सम्मान

नेपालबिहानी ४ महिना अगाडि

भक्तपुर । भक्तपुरको बोडेमा मनाइने ऐतिहासिक ‘जिब्रो छेड्ने जात्रा’ का मुख्य पात्र सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले २ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ। आज वैशाख २ गते चौथोपटक जिब्रो छेडेर संस्कृतिलाई निरन्तरता दिन लागेका श्रेष्ठलाई पर्यटन मन्त्री सुरेश श्रेष्ठले सम्मान गर्नुभएको हो।

Nepal Bihani Khabar Advertisement
‘मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यो प्रोत्साहन राशि प्रदान गरिएको हो। परम्परा धान्ने युवाहरूको संख्या घट्दै गइरहेको अवस्थामा नयाँ पुस्तालाई आकर्षित गर्न सरकारले यस्तो कदम चालेको मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले बताउनुभयो।

सम्मानित भएपछि सुजनले भन्नुभयो, “यो केवल मेरो सम्मान होइन, हाम्रो पुर्खाको त्याग र आस्थाको कदर हो। सरकारले देखाएको यो चासोले मलाई थप जिम्मेवारी महसुस गराएको छ।”

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।