२०८३ भाद्र २८, आइतवार
15:13
काठमाडौं, नेपाल

जेठ २५ मा ‘पालुङटार भजन महोत्सव–२०८३’ आयोजना हुँदै

नेपालबिहानी ३ महिना अगाडि

गोरखा, पालुङटार । पालुङटार नगरपालिकाको आयोजनामा “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा आयोजना हुने भएको छ । धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सव पालुङटारस्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय कलाकार नारायण स्याङ्तान, बबिन पौडेल, प्रेमराज अधिकारी, भरत बराइला, मीना थापा, लक्ष्मी पौडेल लगायतका कलाकारहरूको सहभागिता रहने जनाइएको छ । साथै विभिन्न स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूले पनि आफ्ना सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन् ।

कार्यक्रमअन्तर्गत राधाकृष्ण भजन, राम तथा कृष्णभक्ति गीत, सांस्कृतिक नृत्य तथा धार्मिक झाँकीहरू समेत समावेश गरिने आयोजकले जानकारी दिएको छ । नेपाली कला, संस्कृति तथा धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ ।

महोत्सवलाई राष्ट्रिय लोक भजन बुढाका संरक्षण प्रतिष्ठान, नेपालले सहयोग गर्ने भएको छ भने ओंकार योग आयुर्वेद गुरुकुल तथा ओंकार परिषद्ले व्यवस्थापनमा सहकार्य गरेका छन् ।

आयोजकका अनुसार कार्यक्रम आगामी जेठ २५ गते बिहान १० बजेदेखि सञ्चालन हुनेछ । महोत्सवमा पालुङटार नगरपालिका तथा आसपास क्षेत्रका धर्मप्रेमी, संगीतप्रेमी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

धार्मिक आस्था, भक्ति संगीत र नेपाली संस्कृतिको संगमका रूपमा हेरिएको “पालुङटार भजन महोत्सव–२०८३” ले स्थानीय पर्यटन, कला तथा सांस्कृतिक पहिचान प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।