जिब्रो छेड्ने संस्कृति जोगाउन सुजनलाई २ लाख प्रोत्साहन, मन्त्री श्रेष्ठद्वारा सम्मान
भक्तपुर । भक्तपुरको बोडेमा मनाइने ऐतिहासिक ‘जिब्रो छेड्ने जात्रा’ का मुख्य पात्र सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले २ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ। आज वैशाख २ गते चौथोपटक जिब्रो छेडेर संस्कृतिलाई निरन्तरता दिन लागेका श्रेष्ठलाई पर्यटन मन्त्री सुरेश श्रेष्ठले सम्मान गर्नुभएको हो।

सम्मानित भएपछि सुजनले भन्नुभयो, “यो केवल मेरो सम्मान होइन, हाम्रो पुर्खाको त्याग र आस्थाको कदर हो। सरकारले देखाएको यो चासोले मलाई थप जिम्मेवारी महसुस गराएको छ।”









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्