काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो। आइतबार मात्रै सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको थियो। यससँगै गत मंगलबारदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ।
यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार चाँदीको कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम छ। आइतबार चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा झरेको थियो।
सोमबारको मूल्य
- छापावाल सुन: प्रतितोला रु. ३,०६,६००
- सुनको घटेको मूल्य: रु. २,४००
- चाँदी: प्रतितोला रु. ४,७८०
- चाँदीको मूल्य: स्थिर
स्रोतः नेपाल सुनचाँदी व्यवसायी महासंघ
