२०८३ भाद्र २८, आइतवार
15:13
काठमाडौं, नेपाल

वास्तविक जीवनको आँसु गीतमा: रोहन रसाइलीको मर्मस्पर्शी ‘सम्झना गीत

नेपालबिहानी ७ महिना अगाडि

काठमाडौँ । लोक तथा दोहोरी गायक रोहन रसाइलीको मर्मस्पर्शी सम्झना गीत ‘आमाको काख विना बजारमा’ सार्वजनिक भएको छ । जन्मदिने आमा गुमाउनु पर्दाको गहिरो पीडा र त्यसले निम्त्याएको रिक्ततालाई गायक रसाइलीले यस गीतमा उनेका छन् ।

हाँसी खुसी परदेश गएको सन्तान घर फर्कँदा आमालाई नभेट्दाको यथार्थ र जीवनका अधुरा सपनाहरूलाई गीतको मुख्य विषयवस्तु बनाइएको छ । शरण हुमागाईको शब्द रचना तथा विष्णु तामाङको लय सिर्जना रहेको यस गीतमा रोहन रसाइली र करुणा राईको सुमधुर स्वर सुन्न सकिन्छ ।

विष्णु तामाङको संगीत संयोजन र राजकुमार बगरको अडियो सम्पादनमा तयार भएको यो गीत त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

वास्तविक जीवनको कथामा भिडियो म्युजिक भिडियोमा गायक रसाइलीले आफ्नै जीवनमा भोगेको वास्तविक परिस्थितिलाई हुबहु उतारिएको छ । कृष्ण सुवेदीको निर्देशन र कमान सिंह राई याम्फुको छायांकन रहेको भिडियो झापाका विभिन्न स्थानमा खिचिएको हो ।

भिडियोमा रोहन रसाइली, करुणा राई, शोभा रसाइली, सिवानी रिजाल (रसाइली), प्रदीप रसाइलीका साथै बाल कलाकारहरू आरोही र अभि रसाइलीको जीवन्त अभिनय देख्न सकिन्छ । यो गीत ‘करुणा राई अफिसियल’ युट्युब च्यानलमार्फत बजारमा आएको हो ।


हेर्नुहोस पूरा भिडियो

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।