२०८३ भाद्र २८, आइतवार
17:03
काठमाडौं, नेपाल

पोखरामा नेपाल फोटो फेस्टिभल कम्युनिटी मिटअप हुने , सहभागिता निःशुल्क

नेपालबिहानी ३ महिना अगाडि

पोखरा, ८ जेठ। पोखरामा आगामी जेठ ९ गते शनिबार ‘नेपाल फोटो फेस्टिभल २०२६’ सम्बन्धी विशेष कम्युनिटी मिटअप आयोजना हुने भएको छ । फोटोग्राफी , वर्डप्रेस तथा नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्यप्रति रुचि राख्नेहरूलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार मिटअपमा नेपाल फोटो फेस्टिभल २०२६ को उद्देश्य र यसको स्वरूपबारे विस्तृत छलफल गरिनेछ । कार्यक्रममा इच्छुक व्यक्तिहरूले फेस्टिभलमा सहभागी हुने प्रक्रियाका बारेमा प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् ।

यसका साथै फोटो प्रतियोगितामा कसरी सहभागी हुने र आफ्ना फोटोहरूलाई ‘WordPress Photo Directory’ मा कसरी अपलोड गर्ने भन्नेबारे व्यावहारिक ज्ञान दिइनेछ । तस्बिरको प्राविधिक गुणस्तर कसरी सुधार्ने र गुणस्तरीय तस्बिर कसरी खिच्ने भन्ने विषयमा पनि प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

कार्यक्रममा खुला छलफल , प्रश्नोत्तर तथा फोटोग्राफर र डिजिटल समुदायका सदस्यहरूबीच अनुभव आदानप्रदानको विशेष अवसर रहनेछ । यसले गर्दा फोटो तथा प्रविधिको क्षेत्रमा क्रियाशील व्यक्तिहरूबीच नयाँ व्यावसायिक सञ्जाल (नेटवर्क) विस्तार हुने अपेक्षा गरिएको छ ।

यो महत्वपूर्ण मिटअप जेठ ९ गते शनिबार बिहान १० बजे पोखराको लेकसाइडस्थित चौतारी बुटिक होटल (Chautari Boutique Hotel) मा सुरु हुनेछ । कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहेकाले आयोजकले सम्पूर्ण सरोकारवाला तथा इच्छुक डिजिटल प्रेमीहरूलाई सहभागिताका लागि हार्दिक आग्रह गरेको छ ।

सहभागी हुन चाहने व्यक्तिहरूले अनलाइन माध्यमबाट ‘Meetup RSVP Page’ मार्फत आफ्नो नाम दर्ता गर्नुपर्नेछ । आयोजकले “मोबाइल ल्याउनुहोस् , क्यामेरा ल्याउनुहोस् , जिज्ञासा ल्याउनुहोस्” भन्ने मूल नाराका साथ पोखराका फोटोग्राफी तथा डिजिटल समुदायलाई यस कार्यक्रममा स्वागत गर्ने तयारी गरेको छ ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।