२०८३ भाद्र २८, आइतवार
15:13
काठमाडौं, नेपाल

दोलखाको नयाँ पर्यटकीय गन्तव्य ‘मुद्रा सङ्ग्रहालय’: अनुसन्धानकर्ताका लागि खुला गरिँदै

नेपालबिहानी ४ महिना अगाडि
दोलखामा निर्मित मुद्रा सङ्ग्रहालय भीमेश्वर नगरपालिकालाई हस्तान्तरण

दोलखा । बागमती प्रदेश सरकारद्वारा निर्मित मुद्रा सङ्ग्रहालय औपचारिक रूपमा भीमेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भीमेश्वर-२ मा निर्माण सम्पन्न भएको उक्त सङ्ग्रहालय बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरलाई हस्तान्तरण गर्नुभएको हो ।

Nepal Bihani Khabar Advertisement

हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेश सरकारले निर्माण गरेका संरचनाहरूलाई अलपत्र नछोडी उपयोगमा ल्याउने नीति रहेको बताउनुभयो । नेपालमै पहिलो पटक चाँदीको सिक्का निष्कासन गरिएको ऐतिहासिक स्थल दोलखामा स्थापित यो सङ्ग्रहालय मुद्राका खोजकर्ता र पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बन्ने उहाँको भनाइ थियो ।

नगर प्रमुख मानन्धरले सङ्ग्रहालयको व्यवस्थापनलाई प्रभावकारी बनाउँदै यसलाई दोलखाको पर्यटन प्रवद्र्धनको मुख्य कडीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, आयोजना इकाई प्रमुख उत्तम चापागाईँ र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।